एनभीए कप राष्ट्रिय भलिबल:पुलिस र टप्सको सेमिफाईनलमा भेट

अशोज १, २०७३ मा प्रकाशित | 823 views

काठमाडौं,असोज १  । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा विभागीय टोली पुलिस र टप्स पश्चिमाञ्चल प्रतिस्पर्धा गर्ने भएका छन् । शनिवार भएको महिलाको क्वाटर फाईनल खेलमा पुलिसले आर्मीलाई २५–२२,२४–२६,२०–२५,२५–१९ र १५–५ ले हरायो । महिलाकै दोश्रो क्वाटरफाईनलमा टप्स पश्चिमाञ्चलले काभ्रे जिल्ला भलिबल संघलाई २५–७,२५–११ र २५–९ को सोझो सेटमा हराउदै सेमिफाईनलमा पुलिससग भेट पक्का गरेको हो ।

त्यस्तै पुरुषतर्फको क्वाटर फाईनल खेलमा सफलता हात पादै पशिचमाञ्चल र आर्मी सेमिफाईनलमा प्रवेश गरेका छन् । पश्चिमाञ्चलले ढोरपाटनलाई २१–२५,२५–७,२५–२१ र २५–१७ ले हरायो । आर्मीले मणीमुकुन्दलाई २५–१२,२५–१० र २५–१५ को सोझो सेटबाट हरायो । आइतवार महिलातर्फको सेमिफाईनलमा न्युडायमण्ड र एपीएफ ८ बजे,टप्स र पुलिस १० बजे खेल्ने छन् भने हेल्प नेपाल र एपीएफ तथा पश्चिमाञ्चल र आर्मीको प्रतिस्पर्धा हुने । पुरुष सेमिफाईनल खेल १ बजे र ३ बजे हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web