काठमाडौं,असोज १ । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी भएकी छन्। शुक्रबार राति सकिएको मतदान लगत्तै भएको मतगणनामा रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्। रेग्मी शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षधरको संयुक्त प्यानलकी उमेदवार हुन् । यस्तै महासचिवमा धना खतिवडा ९९८ मतले विजयी भएकी छन्। उनले निकटतम प्रतिद्वन्द्वी गोमा केसीलाई हराएकी हुन्।

केसीले ७७६ मत प्राप्त गरिन्। कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गरेकी थिइन्। २ हजार १ सय १४ मतदाता रहेको उक्त निर्वाचनमा १ हजार ८ सय १४ जनाले मतदान गरेका थिए। कुल ५३ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए।

24.12¡ÆC