२७ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल– प्रचण्ड मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि विहिवार भारत प्रस्थान गर्दै हुनुहुन्छ ।

नेपालका हरेक प्रधानमन्त्रीको भारत भ्रमणको समयमा देशभित्र विभिन्न आशंका उठाउने एकप्रकारको मनोवृतिको विकास गरिएको छ ।

अहिले पनि प्रधानमन्त्रीको भारत भ्रमणको पूर्व सँध्यामा यस्तै आशंका व्यक्त भईरहँदा परराष्ट्र मामिलाका जानकारहरुले भ्रमणका बेला दुई देश बीचको सम्बन्ध अझ सुदृढ बनाउने र यसअघि विभिन्न समयमा भएका सन्धी सम्झौतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

भदौ ३० गतेदेखि हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र दुईदेश बीचको कुटनीतिक सम्बन्ध लगायतका विषयमा अहिले चौतर्फी बहस र छलफल भैरहेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुईदेशबीच आपसी विश्वास र समझदारीको वातावारण अझै बढाउनु पर्नेमा विज्ञहरुले जोड दिनुभएको छ ।

यसअघि विभिन्न समयमा भएका सन्धी सम्झौता हेरेर दुईदेशबीचको हीतमा रहेका सन्धी र सम्झौताहरुको कार्यान्वयनमा प्रधानमन्त्रीले विशेष ध्यान दिनु पर्ने डा।थापा बताउनु भयो ।

प्रधानमन्त्रीले छिमेकी मुलुकको भ्रमण गर्ने हरेक समय विभिन्न खालका शंका उपशंका र विभन्न सन्धी सम्झौता लगायतका नयाँ विषयहरु उठ्ने गरेको पाइन्छ ।

ती शंका उपशंकाहरुलाई चिर्न र भारत भ्रमणलाई महत्वपूर्ण र उपलब्धीमुलक बनाउन भन्दै प्रधानमन्त्री दाहालले रजनीतिक दल, विज्ञ, उद्योगी व्यवसायी लगायतसँग परामर्श गरिरहनु भएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउने विषय भएकाले यसमा धेरै शंका र उपशंका गर्न नहुने पनि विज्ञहरुको धारणा छ ।

प्रधानमन्त्री दाहाललाई विभिन्न रानीतिक दल, संसदीय समिति देखि विज्ञ र उद्योगी, व्यापारी लगायत सवै पक्षले नेपाल र भारत वीचको कुटनीतिक सम्बन्धलाई अझ विकास गर्न र विश्वासको वातावरणलाई उचाईमा पु¥याउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री दाहालसँग विद्यार्थी सङ्गठनको आग्रह

संयुक्त विद्यार्थी सङ्गठनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हित विपरीत कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

आठ विद्यार्थी सङ्गठनको आज बागबजारमा बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहालको भ्रमणलाई फलदायी र उपलब्धिमूलक बनाउन अनुरोध गर्दै नेपाल र नेपालीको हित विपरीत कुनै सन्धि, सम्झौता र निर्णय नगर्न आग्रह गरेको हो ।

संविधान सर्वस्वीकार्य बनाउने सरकारको प्राथमिकताः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाई त्यसको कार्यान्वयन गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेकपा 'माओवादी केन्द्र' द्वारा सिरहाको मिर्चैयामा आज आयोजित जनसभालार्ई टेलिफोनमार्फत सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मधेसीलगायत उत्पीडित वर्ग, जाति, क्षेत्रको अधिकार संविधान संशोधनमार्फत स्थापित गर्न सरकारले तयारी गरिरहेको बताउनुभयो ।

वर्षाका कारण कार्यक्रममा जान नसकेपछि प्रधानमन्त्री दाहालले टेलिफोनमार्फत सम्बोधन गर्नुभएकोहो ।

प्रधानमन्त्री भारत भ्रमण अघि नै संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउने चाहना हुँदाहुँदै पनि त्यो तत्काल सम्भव हुन नसकेको बताउँदै भारत भ्रमणबाट फर्किएलगत्तै संविधान संशोधन प्रक्रिया अगाडी बढाउने प्रष्ट पार्नुभयो ।

उहाँले मधेसबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको प्रसङ्ग उल्लेख गर्दै हुलाकी राजमार्ग निर्माणको कामलाई सरकारले तिव्रता दिएको बताउनुभयो ।

19.12¡ÆC