अन्तरविद्यालय पौडी प्रतियोगिता: लिङकन च्याम्पियन

भदौ २६, २०७३ मा प्रकाशित | 981 views

काठमाडौं,भदौ २६ ।  लिङकन स्कुलले १६ औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । लिङकनले २ सय २० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचाल्यो ।

हातीवनस्थित आयोजक लिटिल एन्जल्स स्कुल (एलए) को पौडी पोखरीमा भएको प्रतियोगितामा एलए दोश्रो भयो । एलएले ५३ अंक बटुल्यो । तेश्रो स्थनमा चित्त बुझाएको द ब्रिटिस स्कुलले ४१ अंक बनायो ।

प्रतियोगिताको ब्वाइजमा डिएभीका अनुभव सुब्बा तथा गल्र्समा लिङकनकी नेहारिका तुलाधर उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुलाई फिना अंक आधारमा उत्कृष्ट घोषित गरिएको हो । अनुभवले ४११ र नेहारिकाले ४४३ अंक जोडे ।विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ५४ विद्यालयका ४ सय १४ खेलाडीले ४४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web