नेपालमा प्रथम अन्तराष्ट्रिय केजीएफ कुरुदय सेल्फ डिफेन्स मार्सल आर्ट सम्मेलन सम्पन्न

भदौ २५, २०७३ मा प्रकाशित | 761 views

काठमाडौं,भदौ २५ । नेपालमा पहिलो पटक सुरक्षात्मक कुरुदय मार्सल आर्ट सम्मेलन सम्पन्न भएको छ । नेदरल्याण्ड, श्रीलंका भारतलगायतका देशबाट आएका मार्सल आर्टका विज्ञहरुको सहभागितामा स्कुल तथा क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी नेपालको इतिहासमै पहिलो पटक सुरक्षात्मक मार्सल आर्टको सम्मेलन सम्पन्न भएको हो ।  नेदरल्याण्डबाट आएका प्रोफेसर हाङ्सी के जी फाउण्डर अफ कुरुदय मार्सल आर्टका १० डन, साउथ एशिया कोअडिनेटर श्रीलङ्काबाट आएका नादित्य सोहिसा सिंहान ६ डन, कुरुदय मार्सल आर्ट नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक धिरबहादुर विष्ट (धिरेन)

५ डान, कुरुदय मार्सल आर्टका प्रशिक्षक राजु पौडेल, भारत र मार्सल आर्ट प्रशिक्षक सुरेन्द्र सिंह विष्ट सहभागी रहेको सम्मेलनमा विभिन्न विद्यालय तथा क्याम्पसका किशोर किशोरीहरुलाई क्रमणकारीहरुबाट कसरी आत्मारक्षा  गर्न सकिन्छ भन्ने विभिन्न किसिमका कला सिकाईएको थियो ।

प्रमुख अतिथि अधिवक्ता राजेन्द्रसिंह भण्डारीले सम्मेलनमा बोल्दै भने, नेपालमा आत्मरक्षात्मक कला सम्बन्धि कुरुदय मार्सल आर्ट नभएको र आवश्यक रहेको महसुस गरी सबै तह र तप्काका व्यक्तिहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले नेपालमा शुभारम्भ गरिएको हो ।

सम्मेलनमा मार्सल आर्टका प्रमुख प्रशिक्षक धीरबहादुर विष्टले मेरिटेशन, योगध्यानबाट दिमागी सचेतना, शारीरिक तन्दुरुस्तीसहित आत्मारक्षात्मक मार्सल आर्ट सिकाई कुनैपनि अवस्थामा आफूलाई आत्मरक्षाका लागि तयार भएर हिँड्न सक्ने बनाउने जानकारी दिए ।

उनले यो भन्दा अगाडि विभिन्न संघ संस्था, स्कुल, क्याम्पस, नेपाली सेना अन्तर्गत स्पेशल फोर्ष र प्यारा तालिम शिक्षालय, ग्लोवल वीन्सका एयर होस्टेज प्रशिक्षार्थीहरु र अमेरिकन एम्बेसी मार्फत स्कुलका विद्यार्थीहरुलाई प्रशिक्ष दिईरहेको बताए ।

मार्सल आर्टका प्रमुख विष्टले नेपालको सन्दर्भमा महिलाहरु प्रति बढ्दै गएको हिंसाको प्रतिरक्षाका लागि र पत्रकार, स्कुलका विद्यार्थी, रात्री समयमा आ–आफ्नो पेशा व्यवसायमा लाग्नेहरुका लागि विषेश लक्षित रहेको दावी गरे ।

नेदरल्याण्डबाट आएका कुरुदय मार्सल आर्टस्का फाउण्डर हाङसी केजीले नेपाल मार्सल आर्टको सम्भावना उज्ज्वल रहेको हुँद वायो मेकानिकल प्रोसेसबाट लेस मोशन, लेस पावर लेस कन्ट्याकको माध्यमबाट आफूलाई कुनै पनि क्षति नभईकन सुरक्षित राख्न सकिने न्यु जेनेरेशन मार्सल आर्ट विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्मृेलनमा प्रोफेसर हाङ्सी के जी फाउण्डर अफ कुरुदय मार्सल आर्टका १० डनले केजीएफ कुरुदय सेल्फ डिफेन्स मार्सल आर्टको जिम्मेवारी प्रमाण पत्र ५ डन गै्रडिङ धीरबहादुर विष्ट –धीरेन) नेपालका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरियो भने राजु पौडेल र सुरेन्द्र विष्टलाई ग्रेड ३ र २ प्रदान गरी प्रशिक्षकको जिम्मेवारी दिईएको थियो । मार्सल आर्टका प्रशिक्षक सुरेन्द सिंह विष्ट, सदीक्षा चन्द, गीता भण्डारी, सुष्मा विष्ट, विन्दु थापा (सापकोट), अडिटर गजेन्द भट्ट, सूर्य नेपालका रवी केसी, सञ्जिव केसी, व्यवसायीहरु टिका श्रेष्ठ, मन गुरुङ, अच्युत रिजाल, ग्लोबल वीन्स प्रा. लि. का मोहित बडुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web