भारतियद्धारा कुतियाकवरको एक घरमा आक्रमण : पक्राउ गरेको रिसले पिडितका आफन्तलाई निर्घात कुटपिट

भदौ २५, २०७३ मा प्रकाशित | 1067 views

<p>पप्पु गुरुङ्, २५ भदौ / कञ्चनपुर । मंगलवार नेपाली महिलाको ओछ्यानमा गएर बलत्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको रिसले भारतिय नागरिकले दोधारा चाँदनीको पिडितको आफन्तको घरमा मध्यरातमा परिवारजन माथी आक्रमण गरेका छन् । सुक्रवार राती करिब ११ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर तुल बहादुर सुनारको घरमा भारतिय नागरिकको एक समुहले आक्रमण गरेका छन् । आक्रमण बाट ५५ वर्षिय तुल बहादुर सुनार उनका ३४ वर्षिय श्रीमती गिता सुनार र १५ वर्षिय नाती चन्द्र सुनार गम्भिर घाईते भएका छन् । तुल बहादुर सुनारको टाउको तथा शरिरमा गम्भिर चोट आएको छ, गिता सुनारको दाया हात भाचिएको छ भने चन्द्र सुनारको बाया हातमा चोट आएको छ् । राती खाना खानकको लागी गिता सुनार पानी लिन नल गएको बेला एक्कासी भारतको उत्तर प्रदेश नौजलीया २, कुतियाकवर निवासी बलत्कारको आरोपमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा थुनामा रहेका सरद राँयका आफन्तजन कनक राँय, कमल राँय, मनिक राँय लगाएत भारतिय नागरिकका एक समुहले सुनारको घरमा आक्रण गरेको हो । आक्रणको क्रममा सुनारको घरको ढोका तोडिदिएका छन भने भाडा कुडा समेत लथालिङ्ग फालिदिएका छन् । आक्रमण पछि गुहार्न थालेपछि छिमेकी आएपछि आक्रमणकारी भागेका स्थानिय माया देबि सुनारले बताएका छन् । “मार्ने नियतले आएका रहेछन्” स्थानिय माया देबि सुनारले भने । हातहातमा लौरो बोकेर आएका भारतिय आक्रमणकारीले आक्रमण गरेपछि तुल बहादुर सुनारको घर बिस्तापित भएका छन् । उनिहरु आफन्तको शरणमा राती देखि बस्दै आएको नैन सिंह सुनारले बताएका छन् । स्थानिय खबर गरेपछि राती नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली कुतियाकवर पुगेर अवस्था बुझेको थियो । मंगलवार बिहान ३ बजे स्थानियले भारतिय नागरिक अन्ताजी ३५ बर्षिय सरद राँयलाई बलत्कार गर्ने प्रयासको आरोपमा पक्राउ गरि स्थानियहरुले प्रहरीलाई बुझाएका हुन् । भारतिय नागरिकहरुले राती आएर घर घेर्ने तथा आफ्नो मान्छे नछाडे, ज्यान समेत जान सक्ने भन्दै धम्की दिदै आएका थिए । श्रीमान तथा एक नानी संग आफ्नै घरमा सुतिरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर बस्ने कल्पना सुनार (नाउ परिवर्तन गरिएको) लाई मदिरा सेवन गरेर आएका उत्तर प्रदेश, नौजलीया, बंगाली कलौनी निवासी सरद राँयले अध्यारोमा शरिरै भरी छाम्दै बलत्कार प्रयासको आरोपमा उनि पक्राउ परेका हुन् । कल्पनाको घर र भारतिय नागरिक सरद राँयको पसलको दुरी करिब अन्ताजी २ मिटरको रहेको छ् । बिबाद पछि मदिरा पसल उक्त स्थानबाट उठाएको बताईएको छ् । बिगत २ वर्ष देखि सरद राँय दशजगा नेपाली क्षेत्रमा मदिरा उत्पादन तथा बिक्रि बितरण गर्दै आएका छन् । डरले कल्पनाको जहान परिवार पनि बिस्तापित भएर आफन्तको शरणमा बस्दै आएका छन् । गए राती भएको आक्रमणको कारण सिमा क्षेत्र तनाव बनेको छ भने आवत जावत समेत गर्न स्थानियहरु डर मानेका छन् । उक्त क्षेत्रमा गस्ती बढाईने तथा भारतिय नागरिकले गरेको आक्रमणको विषयमा दोषीलाई कार्वाहीको लागी पहल गर्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र विर विश्वकर्माले बताएका छन् । <br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web