सोलिड्यारिटि कप फुटबलमा नेपाल पहिलो समुहमा

भदौ २३, २०७३ मा प्रकाशित | 908 views

२३ भदौ, काठमाडौं ।
सोलिड्यारिटि कप फुटबल प्रतियोगिता को खेल तालिका सार्वजनिक भएको छ ।

एशियालि फुटबल महासंघ एएफसी च्यालेन्ज कप को सट्टामा एएफसी ले अब देखि एएफसी सोलिड्यारिटि कप फुटबल आयोजना गर्ने भएको छ ।

सोलिड्यारिटि कप आगामि नोभेम्बर २ देखि १५ तारिख सम्म मलेशियाको क्वालालम्पुरमा संचालन हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । सहभागि ८ वा ९ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

अन्य २ या ३ राष्ट्रको टुङ्गो आगामि अक्टोबर महिनामा हुने एशियन कप छनोटको प्ले अफ पछि मात्र लाग्ने छ । अहिले समूह ए मा नेपाल सहित पाकिस्तान र ब्रुनाई रहेका छन् ।

विश्व कप २०१८ को एशियन छनोट खेलिरहेका ईस्ट टिमोर र चाईनिज ताईपेई तथा बंगलादेश र भुटानबिचको विजेता पनि समूह ए मा समावेश हुने छन् ।

नेपालको पहिलो खेल ईस्ट टिमोर र चाईनिज ताईपेईबिचको विजेता संग हुनेछ । यसैगरि समूह बि मा श्रीलङ्क, मकाउ र मंगोलिया रहेका छन् ।

माल्दिभ्स् र लाओस बिचको विजेताले पनि समूह बि मा प्रतिस्पर्धा गर्ने छ ।

सन् २०१८ को विश्व कप र सन् २०१९ का एशियन कपमा छनोट नभएका राष्ट्रलाई छनोट गरि सोलिड्यारिटि कप संचालन गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web