चन्द्रागिरीमा प्रहरी र लुटेरासमूहवीच गोली हानाहान

भदौ २३, २०७३ मा प्रकाशित | 915 views

२३ भदौ, काठमाडौं ।
काठमाडौंको चन्द्रागिरीमा आज बिहान प्रहरी र लुटेरा समूहबीच गोली हानाहान भएको छ ।

गोली हानाहानमा प्रहरीतर्फ कोही हताहती नभएको प्रहरीले बताएको छ भने लुटेरा समुहतर्फ के कति क्षति भएको खुल्न सकेको छैन ।

चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान सवा ५ बजे तिरको समयमा गोली हानाहान भएको हो ।

गोली हानाहानपछि लुटेरा समुह जंगल भित्र भागेको प्रहरीले बताएको छ । प्रहरीले दिएको जानकारी अनुसार लुटेरा समूहलाई पछ्याउने क्रममा प्रहरीमाथि २ राउण्ड गोली फायर भएपछि प्रहरीले प्रतिकार गरेर गोली चलाएको हो ।

गोली हानाहानपछि लुटेरा समुह चिहानडाँडामा बा १ ज ३९४८ नम्बरको सुमो छाडेर भागेको छ ।

सुमोमा बन्द अवस्थामा रहेको सेफ फेला परेको प्रहरीले बताएको छ ।

ुउनीहरुले कुनै बैंक तथा वित्तिय संस्थामा रहेको सेफ अथवा सुनचाँदी पसलमा रहेको सेफ लुटेर लगेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले एका बिहानै काठमाडौंबाट सुमो मातातीर्थतर्फ लागेपछि स्थानीय प्रहरी लगाएर सुमोको पिछा गरेको थियो ।

काठमाडौंबाट अहिले घटनास्थलमा थप प्रहरी पुगेको र जंगललाई घेरा हालेर अहिले त्यहाँ सर्च अप्रेसन चलाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web