काठमाडौं,भदौ २२ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले दुई तहको टेष्ट संरचना बनाउने प्रस्ताव फिर्ता लिएको छ । ६ टेष्ट राष्ट्र एकातिर हुँदा पनि भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) लगायत ४ राष्ट्रको दबाबपछि दुईवटा स्तरको टेष्ट प्रणाली लागू गर्ने योजना आइसीसीले फिर्ता लिएको हो ।

दुबईमा भएको आइसीसीको बैठकमा ६ देश प्रस्तावको पक्षमा देखिएका थिए । तर, भारतससिहत श्रीलंका, बंगलादेश र जिम्बावेले विरोध गरेपछि यो प्रस्ताव फिर्ता भएको छ । बिसीसीआई अध्यक्ष अनुराग ठाकुर पहिलेदेखि नै यो प्रस्तावको विरोधमा थिए। उनले वित्तीय रूपमा कमजोर देशको लागि यो प्रणाली ठिक नभएको बताउदै आइरहेका थिए। आइसीसीले प्रस्ताव फिर्ता लिने घोषणा गरेपछि उनले निर्णयको स्वागत गरे। अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, पाकिस्तान र वेष्टइण्डिज भने प्रस्तावको पक्षमा थिए ।

27.12¡ÆC