काठमाडौ,भदौ १९ । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संबिधानका केही विषयमा देखिएको असन्तुष्टिहरुलाई संवोधन गर्दे संबिधानको पूर्ण कार्यान्वयन गर्नका लागि सहमति,सहकार्य र सह–अस्तित्वको संस्कार अपरीहार्य रहेको वताउनुभएको छ । हामी सवै नेपाली हौं र राष्ट्रको समस्या सबैको साझा समस्या हो भन्ने भावना जागृत भएमात्र परिवर्तनका उपलव्धिहरु संस्थागत हुने मन्त्री केसीको भनाई थियो ।

आईतवार ललितपुरको लगनखेलमा स्वतन्त्र प्रजातान्त्रिक युवा संघले आयोजना गरेको नेपाल भारत मैत्री बृहत तीज बिशेष कार्यक्रममा मन्त्री केसीले नेपाल र भारत वीच सदीयौं देखि आर्थिक,सामाजिक र सांस्कृतिक संवन्ध रहेको वताउँदै दुई देश वीचको मित्रतालाई अझ मजवुत वनाउन जनस्तरवाट समेत सार्थक पहल हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री केसीले संस्कार ,संस्कृती, परम्परा र मान्यताहरुले नेपाललाई साँस्कृतिक रुपमा सम्पन्न वनाएको वताउँदै परम्पराको निरन्तरतावाटै सह–अस्तित्व,शान्ति र भातृत्वको संवन्ध विकसित गर्न सकिने वताउनु भयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत रनजित रेले नेपाल र भारतको संवन्ध जनसंवन्धमा आधारित रहेको वताउँदै साँस्कृतिक समानताले दुई देशवीचको एकतालाई मजवुत वनाउँदै आएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अरविन्द ले नेपाल भारत वीचको संवन्ध सुदृढ वनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिउको जानकारी दिनुभएको थियो ।

28.12¡ÆC