१९ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्राज्ञिक क्षेत्रको मर्यादा राख्न र जीवनोपयोगी शिक्षाको विकास र विस्तारका लागि वर्तमान सरकार लागिपरेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा लोकतान्त्रिक प्राध्यापक सङ्घका प्रतिनिधिहरूसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले विश्वविद्यालयहरूलाई व्यवस्थित र मर्यादित कसरी बनाउने भन्ने बारेमा आफु गम्भीर रहेको बताउनु भयो । त्यस विषयमा शिक्षा मन्त्री र सबै सरोकार भएका पक्षसँग छलफल गर्ने जानकारी प्रधानमन्त्रीले दिनु भयो ।

प्रधानमन्त्रीले सबै पक्षलाई मिलाएर समावेशी आधारमा विश्वविद्यालयहरूलाई अगाडि बढाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने र आवश्यक निर्देशनसमेत दिने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालयको अवस्था र कार्यक्रमबारे आफूले अध्ययन गरिरहेको पनि जानकारी दिनु भयो ।

19.12¡ÆC