संविधान कार्यान्वयनको चुनौतिपूर्ण: मन्त्री केसी

भदौ १७, २०७३ मा प्रकाशित | 1021 views

काठमाडौ,भदौ १७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संस्कार, विधि र कार्यशैलीमा परिवर्तन नभएसम्म राजनीतिले सकारात्मक गति लिन नसक्ने बताएका छन्  । शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिकामा काँग्रेसको स्थानीय इकाई र महिला संघले तीजको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शहरी विकास मन्त्री केसीले मुलुक संविधान कार्यान्वयनको चुनौतिपूर्ण अवस्थामा रहेको बताउँदै संबिधानको पूर्ण कार्यान्वयनका लागि सबैको समान दायित्व र सहभागिता महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

मन्त्री केसीले हिन्दु नारीहरुहरुको महान पर्व तीज परम्परा, मान्यता र संस्कारहरुबाट परिचालित हुँदै सभ्यताको प्रतिकका रुपमा स्थापित भएपनि पछिल्लो समय परम्परा जोगाउने नाममा विकृति देखिदै जानु अस्वाभाविक भएको बताए ।

परम्परा र संस्कृति भुल्दा व्यक्तिले आफ्नो पहिचान नै भूल्न सक्ने वताउँदै मन्त्री केसीले हिन्दु संस्कृतिहरुको सम्वद्र्धनका लागि परम्परागत मान्यताहरुलाई परिष्कृत गर्दे जानुपर्ने भएपनि संस्कृतिको तोडमरोडले राष्ट्रिय पहिचानमै आँच आउन सक्ने तर्फ सबैको ध्यान जानु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web