गच्छदारको पार्टी फुटको संघारमा,पार्टी फुटाएर पनि सरकारमा जाने

भदौ १७, २०७३ मा प्रकाशित | 831 views

काठमाडौं,भदौ १७ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का असन्तुष्ट पक्ष आइतबारसम्म नयाँ पार्टी गठनको तयारीमा लागेका छन् । त्यसका लागि असनतुष्ट पक्षका नेताले छलफललाई तीव्रता दिएका छन् । संसदीय दलका बहुमत सदस्यको सहमति जुटाइसकेपछि उनीहरु नयाँ पार्टी निर्माण गर्न केन्द्रीय समितका प्रमुख नेताहरुसँगको छलफलमा लागेका छन् ।

पार्टीको विधाननिर्माण, नेताहरुको पोर्टफोलियो, निर्धारण तथा पार्टीको नामका विषयमा छलफल भइरहेको स्रोतले जनाएको आजको कारोबार दैनिकमा समाचार छ । स्रोतका अनुसार आइतबारसम्म नयाँ पार्टी गठनको तयारी छ ।  त्यसको तयारी गर्न गोप्य छलफलमा नेताहरु जुटेका छन् । पार्टी अध्यक्ष विजयकुमार गच्छदारले पार्टीका नेताहरुलाई वेवास्ता गरी सरकारमा नजाने निर्णय गरेपछि असन्तुष्टपक्षका सांसदले पार्टी फुटाएर भएपनि सरकारमा जानुपर्ने निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web