काठमाडौं,भदौ १३ । विगतमा बाबुराम भट्टराईलाई सत्तोसराप गर्न कुनै कसर बाँकी नराखेका र पछि तिनै बाबुरामको परमभक्त बनेर नयाँ शक्तिमा प्रवेश गरेका मुमाराम खनालको हविगत हिजोआज ‘चौटा खान गएकी बूढी झोलमा डुबेर मरी’ भनेजस्तो भएको छ । बाबुरामले ठूलो आसा देखाएर अलिकति पनि दिने संकेत नदेखाएपछि मुमाराम चीत खान पुगेको चर्चा बबरमहलतिरको पार्टी कार्यालयमा चल्न थालेको छ । मुमारामको नयाँ शक्ति प्रवेशलाई सुरु देखि नै नरुचाएकाहरु हिजोआज खनाललाई लक्षित गर्दै मजाक गर्न थालेका छन् – बल्लपर्यो मुमाराम बाबुराम जालैमा ।’

नयाँ शक्तिलाई स्थापित गर्न भन्दै देश दौडाहमा निस्केका बाबुरामले दोस्रो वरीयताको आश्वासन दिएर भित्र्याइएका मुमारामलाई खासै वास्ता नगरेपछि उनी बाबुरामलाई नै कमजोर पार्ने अभियानमा लागेको भन्दै उनको निगरानी बढाउन नयाँ शक्तिका नेता कार्यकर्ताले माग गर्न थालेका छन् । खनाललाई भाग नपाएर रन्थनिएका अर्का केशव दाहालको पनि साथ रहेको बताइन्छ । केही दिनअघि मात्र देश दौडाह सकाएका बाबुरामले रामचन्द्र झा, पासाङ शेर्पा, करिष्मा मानन्धरलगायत नेतालाई महत्त्व दिएर आफूसँगै लगे पनि खनाल र दाहाललाई भाउ दिएका थिएनन् । यही कारण उनीहरु निकै रुष्ट बन्न पुगेको बताइन्छ । ‘केशव र मुमाराम बाबुरामले ज्यादा भाउ नदिएपछि र पार्टीमा प्रभाव जमाउन नसकेपछि रनाहामा परेका छन्,’ नयाँ शक्तिका एक नेताले भने, ‘नयाँ शक्तिमा हैकम जमाउन पाउने सपना देखेर हाम फालेका खनाल र दाहाल यस्तो अभिष्ट पूरा नहुने भएपछि अहिले बौलाएका छन् । बाँदरे प्रवृत्ति सिको गरेर पार्टी र संगठन कमजोर बनाउन लागेका छन् ।’

खनाल र दाहालमाथि आफ्नो कुरा लागू नभएपछि संगठनको असन्तुष्टिमाथि चलखेल गरेको आरोप लागेको छ । स्रोतका अनुसार, असन्तुष्टिमा मुमाराम र केशबले खेलेपछि नेता कार्यकर्ता शशंकित हुन थालेका छन् । खनालमाथि एउटा समूहले विद्यार्थी संगठनमा देखिएको सामान्य विवादलाई अनावश्यक रुपमा उछालेको दोष लगाएको छ ।

‘तपाईं किन नपर्ने’ भन्दै थापाथली क्याम्पसका पूर्व स्ववियु सभापति युवराज दाहाल र नेत्र चापागाईलाई यी दुई भाइले उचालेपछि संगठनमा भाँडभैलो आएको धेरैको बुझाइ छ । युवराजलाई संगठन विभाग संयोजक र नेत्रलाई सचिवालयमा किन नबसेको भन्दै मुमारामले उचालेको बताइन्छ ।

मुमाराम र केशवले यी दुईलगायत केही विद्यार्थी नेतालाई उचालेर विद्यार्थीमा गुटबन्दी गराए पनि उनीहरुको पक्षमा भने खासै विद्यार्थी नरहेको नयाँ शक्तिका एक विद्यार्थी नेताले बताए । विद्यार्थीमा हाल रमेश महतो संयोजक छन् । अहिले विद्यार्थीमा विवाद बढेपछि संगठन नै विघटन गर्ने तयारी नयाँ शक्तिले गरेको थाहा भएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

18.12¡ÆC