दौरा सुरुवालमा सजिएर कांग्रेस मन्त्रीहरुले लिए सपथ

भदौ १०, २०७३ मा प्रकाशित | 884 views

<p><span style="line-height: 1.42857;">काठमाडौ,भदौ १० । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । अर्जुन नरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँण रक्षा, सूर्यमान गुरूङ श्रम, केशव कुमार बुढाथोकी सामान्य प्रशासन, जीवन बहादुर शाही पर्यटन, रोमी गौचन थकाली वाणिज्य, नविन्द्र राज जोशी उद्योग, हृदयराम थानी सहकारी तथा गरिबी निवारण, सितादेवी यादव शान्ति तथा पुनर्निर्माण, दिपक गिरी सिंचाई, शंकर भण्डारी वन र गगन थापा स्वास्थ्य मन्त्री बनेका छन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती लगायतको उपस्थिति थियो ।</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web