काठमाडौं,भदौ ९ । ब्वाइज युनियन क्लबले राजधानीमा जारी सहिद स्मारक रेडबुल ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सशस्त्र प्रहरीको हल्चोक मैदानमा भएको खेलमा ब्वाइज युनियनले सामाजिक युवा क्लवलाई ३–१ गोल अन्तरले हराएको हो । ब्वाइज युनियनका लागि अभिषेक रिजाल, जय गुरुङ्ग र मनिष थापाले गोल गरे । ब्वाइज युनियनको जारी प्रतियोगितामा यो पहिलो जित हो भने सामाजिकको लगातार दोश्रो हार हो ।

दोस्रो खेलमा बाँसबारीले नयाँबस्ति युवा क्लबलाई १–० ले पराजित गर्यो । बाँसबारीका लागि एक मात्र गोल किरण ठाडाले गरे । पहिलो खेलमा नयाँ वस्ती आरसिटीसँग पराजित भएको थियो । बाँसबारीले भने महावीर क्लवसँग गोलरहित बराबरी खेलेको थियो ।

पराजित टोली सामाजिकका लागि भुवन बस्नेतले एक सान्त्वना गोल फर्काए । जारी लिगमा पहिलो जितसँगै ब्वाइज युनियनले अंक तालिकामा तीन अंक जोडेको छ । यसअघि पहिलो खेलमा ब्वाइज युनियनलाई सातदोवाटो फुटबल क्लबले ३–० ले हराएको थियो । हारसँगै सामाजिक युवा क्लब भने अंकविहीन बनेको छ ।

19.12¡ÆC