दाउराले हानेर महिलाको हत्या

भदौ ९, २०७३ मा प्रकाशित | 877 views

९ भदौ, बाँके ।
बाँके जिल्लाको नौबस्ता गाविस वडा नम्वर ९ बस्ने ४० वर्षीय डण्डी थारुको दाउरा प्रहारबाट मृत्यु भएको छ ।

सामान्य बिबादका कारण स्थानिय बस्ने २५ वर्षीय ड्रेस थारुले बुधबार दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको छ ।

तत्काल गम्भीर घाइते भएका डण्डीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचार गरी थप उपचारको लागि भारतको लखनउतर्फ लैजाने क्रममा बिहिबार बाटोमै मृत्यु भएको हो ।

हाल फरार रहेका अभियुक्त ड्रेस थारुको खोजी गर्नुको साथै प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web