पाचौँ अन्तरविद्यालय बास्केटबलमा भ्याली पब्लिक, सेब र नेरिक सेमिफाइनलमा

भदौ ९, २०७३ मा प्रकाशित | 852 views

९ भदौ, काठमाडौं ।
पाचौँ टेन्डा एआइए अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक , सामाखुशि बोर्डिङ स्कुल(सेब) र नेरिक सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिक सिनियर ब्वाइज र गल्र्सका दुवै टिम सेमिफाइनलमा पुग्न सफल भए ।

बिहिबार भएको सिनियर ब्वाइजको खेलमा भ्यालीले काब्यलाई ४३–१९ स्कोरले हरायो । भ्यालीको जितमा राहुल बिकले २२ स्कोरको योगदान गरे । भ्यालीकै गल्र्स टिमले ज्ञानोदयलाई ३५–६ स्कोरले हराउदा निलम शेर्पाले ९ स्कोर गरिन् ।

जूनियर ब्वाइजमा सेबले आयोजक एआइएमाथी १६–१५ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । सेबको जितमा मिलन श्रेष्ठले गरेको ६ स्कोर महत्वपुण रह्यो । एआइएका जलजला श्रेष्ठ लामाले सर्बाधिक ९ स्कोर गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।

शखंमुलस्थीत अवेरनेस इन्टरनेसनल एकेडेमि(एआइए)मा भएको जुनियर ब्वाइजमा एचएचसिए,सेब,नेरिक र इनोभेटिभ अन्तिम चारमा पुगेका छन् । कृष्ण तामाङको महत्वपुर्ण १३ स्कोरको मद्धतले एचएचसिएले ज्ञान निकेतनलाई ३२–२३ स्कोरले पराजित ग¥यो ।

आयोजक एआइएको बि टिम पनि नेरिकसँग ३८–०८ ले पराजित भयो । नेरिकको जितमा अशिम भण्डारीले १० स्कोर गरे । प्रविन थापाको महत्वपुर्ण १४ स्कोरको मद्धतमा इनोभेटिभले हिमालयनलाई २९–१० स्कोरले हरायो । थापा प्रतियोगिताकै छिटो स्कोर गर्ने खेलाडी पनि बने । उनले खेल शुरु भएको तीन सेकेण्डमै २ स्कोर गरेका थिए ।

सेमीफाइनलमा एचएचसीले सेब तथा नेरिकले इनोभेटिभसँग खेल्नेछन् ।  त्यस्तै गल्सतर्फ भ्याली पब्लिक, एचएचसिए,स्वप्न वाटिका(एसभी) र इनोभेटिभ सेमिफाइनलमा पुगेका छन् । मिङ्गमा शेर्पाको महत्वपुर्ण १० स्कोरको मद्धतले एचएचसिएले हेम्समाथी २६–०६को सहज जित दर्ता ग¥यो ।

एसभीले ज्ञान निकेतनमाथी २८–११ को जित हात पार्दा विमला ऐडिले १२ स्कोर गरिन् । इनोभेटिभले टिआइएलाई १९–२ को सहज स्थीतीबाट पाखा लगायो । इनोभेटिकी महत्वपुर्ण खेलाडी ममता गुरुङले सर्बाधिक ११ स्कोर गरिन् । गल्र्सको सेमिफाइनलमा एसभीले एचएचसिए तथा इनोभेटिभले भ्याली पब्लिकसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web