९ भदौ, काठमाडौं ।
काठमाडौंको नागपोखरीमा गुडिरहेको बसबाट खस्दा सहचालकको ज्यान गएको छ ।

बा १ ख ७३३१ नम्बरको गुडिरहेको बसको ढोकाबाट खसेर सहचालक रामेछाप नागदह–४ का अविरल तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

ढोकाबाट खसेर गम्भीर घाइते भएका तामाङको वीर अस्पतालमा उपचारको क्रममा बुधबार राति साढे १२ बजे तिर ज्यान गएको हो ।

प्रहरीले बस चालकलाई पक्राउ गर्नुका साथै बसलाई पनि नियन्त्रणमा लिएको छ ।

15.33¡ÆC