९ भदौ, काठमाडौं ।
प्रचण्ड सरकारमा आफ्ना पक्षका नेतालाई मन्त्री बनाउनुपर्ने भन्दै पार्टी सभापती रहेका शेरबहादुर देउवा र पार्टी भित्र गुट चलाइरहेका रामचन्द्र पौडेलबिच मन्त्री भागवण्डाको लुछाचुंडी सकिएको छ ।

सभापती शेरबहादुर देउवाले सरकारमा पठाउने मन्त्रीमा रामचन्द्र पौडेलले सिफारिस गरेका पाँच जनालाई अनुमोदन गर्नेभएपछि विवाद सुल्झिएको हो ।

सरकार गठन भएको महिनादिन वित्दा समेत सत्ता साझेदार दल काँग्रेसभित्र देउवा र पौडेल पक्षबिचको लडाइका कारण सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन ।

घरी मन्त्री पाएका नेताहरुनै ठूलो मन्त्रालय नपाएको भन्दै सरकारमा नजाने त घरी गुटबिचको भागवण्डा नमिल्दा काँग्रेसले अझैसम्म आफ्ना मन्त्री छान्न सकेको छैन ।

बिमलेन्द्र निधिलाई मन्त्री विवाद र भागवण्डामा कुरा मिलाउन रामचन्द्र पौडेलसँग वार्ता गर्न देउवाले खटाएका थिए ।

पटक पटकको छलफल पछि पौडेलले आफ्नो भागमा पाँच मन्त्री पाएपछि कुरा मिलेको भन्दै आजै अबेरसम्ममा नाम पठाउने भएको छ ।

हालको विवाद सुल्झिएसँगै थप कुनै विवाद नआएमा नेपाली काँग्रेसबाट थप मन्त्रीहरुले भोली शपथ खानेछन् ।

18.12¡ÆC