६ भदौ, एजेन्सी ।

ब्राजिलमा आयोजित रियो ओलम्पिक सोमबार बिहान भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।

ब्राजिलको रियो दि जेनेरियो शहरको माराकाना स्टेडियममा करिब ३ घण्टा आयोजित समापन कार्यक्रममा गित संगितका साथ साथै रङ्गिचङ्गि झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

रियो ओलम्पिकमा केहि खेल गतिविधि भने अविश्मरणिय रहे ।

खेलाडीहरुले विभिन्न नँया ओलम्पिक र विश्व कीर्तिमान रच्ने अवसरका रुपमा रियो लाई सदुपयोग गरे ।

अमेरिकि पौडि खेलाडी माईकल फ्लेप्सले यसै ओलम्पिकमा पाँच वटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरे ।

फ्लेप्सले अहिले सम्म खेलेका ओलम्पिकमा कुल २८ पदक प्राप्त गरेका छन् ।
यी २८ पदक मध्ये २३ वटा त स्वर्ण पदक नै रहेको छ ।

जमाईकाका धावक उशेन बोल्ट यस ओलम्पिकमा ३ स्वर्ण पदक प्राप्त गरे ।

बोल्ट सन् २००८ को बेईजिङ्ग ओलम्पिक र सन् २०१२ को लण्डन ओलम्पिकमा पनि ३÷३ वटा स्वर्ण पदक प्राप्त गरेका थिए ।

जापानकी कुस्ती खेलाडी काओरी ईको ले रियो समेत गरेर लगातार चार वटा ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो महिला भएकी छिन् ।

ईको कुस्तीमा ४ स्वर्ण जित्ने पहिलो खेलाडी समेत बन्न सफल भएकी छिन् ।

अमेरिकि आरटिस्टिक जिमन्यास्ट सिमोन बाईल्स्ले रियोमा ४ वटा स्वर्ण र एक रतज प्राप्त गरेकी छिन् ।

पदक तालिका अनुसार यस रियो ओलम्पिकमा अमेरिका प्रथम, बेलायत दोस्रो र चिन तेस्रो भएका छन् ।

अबको ओलम्पिक सन २०२० मा जापानको टोकियो शहरमा हुनेछ ।

20.12¡ÆC