६ भदौ, बैतडी ।

बैतडीमा बस दुर्घटना हुदा गर्भवती महिला सहित ३ जनाको मृत्यु भएको छ भने १४जना घाईते भएकछन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

धनगडीबाट बझांग जादै गरेको सुदुरपश्चिम यातायातको ना ५ ख २८३२ नम्बर को बस आज दिउसो ३ बजे बैतडीको शिद्धेश्वर ३ बिन्द्राबन भन्ने ठाउँमा दुघर्टना भएको हो ।

बस सडकबाट ३ सय मिटर तल खसेको प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिनु भयो । मृत्यु हुनेको सनाखतहुन सकेको छैन् ।

घटनाको थप जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी लिन प्रहरीको टोली अहिले घट्ना स्थलमा पुगेको छ ।

15.65¡ÆC