नेपाली काँग्रेस आज मन्त्री छान्दै, मन्त्री बन्न हानाथाप

भदौ ६, २०७३ मा प्रकाशित | 1134 views

६ भदौ, काठमाडौं ।
परराष्ट्र दिए मात्र कोइराला मन्त्रिपरिषदमा जाने

सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको खुलाए। वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले सोमबार मन्त्रिपरिषद्मा चार वा पाँच सदस्यमात्रै जान सक्ने ती नेताको भनाई आजको कान्तिपुर दैनिकमा वसन्त बस्नेतले लेखेका छन्। दाहाल मन्त्रिपरिषद्मा कांग्रेसले १२ वा १३ मन्त्रालय पाउने दुई सत्तारुढ दलको समझदारी छ ।

‘हाम्रो तर्फबाट केही नाम भोलि 'सोमबार' नै प्रधानमन्त्रीकहाँ जाँदैछ, भदौ ८ गते सभापतिज्यू 'देउवा' उपचार फ्लो अपका लागि सिंगापुर उड्ने भएकाले त्यसअघि नै पार्टीका तर्फबाट सरकारमा जाने अरु नेताको नामसमेत टुंगो लाग्नेछ,’ ती नेताले आइतबार भने, ‘भोलि ९सोमबार क्याबिनेटमा जाने नाम पठाउन आवश्यक तयारी गरिसकेका छौं ।’

कांग्रेसले सोमबार पठाउने भनिएका नाममा अर्जुननरसिंह केसी, प्रकाशशरण महत र केशवकुमार बुढाथोकीको चर्चा छ। अघिल्लो पटक चर्चा गरिएका शेखर कोइराला भने सूचीमा पर्ने छैनन्। कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवा सहमत भए उनको नामसहित अरु नाम पौडेल पक्षले एकै पटक पठाउने बुझिएको छ।

अरु मन्त्रीबारे मोटामोटी टुंगो लागे पनि महिला, मधेसीलगायत समानुपातिक प्रतिनिधित्व मिलाउनुपर्ने शर्तले गर्दा पौडेल पक्षसँग समन्वय गरेपछि मात्रै सार्वजनिक गर्ने देउवाको तयारी छ। ती नेताले पौडेल पक्षबाट ६ मन्त्रालयको दाबी आएकाले छलफल बाकी रहेको खुलाए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सम्भव भए सोमबार, नत्र मंगलबारभित्र आफ्नो दलबाट थप मन्त्री आउने पुष्टि गरे । ‘मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी भइरहेको छ, त्यसलाई अन्तिम रुप दिनुअघि केही छलफल गर्नुपर्ने भएकाले ढिलाई भएको हो,’ उनले भने । को–को नेता कुन मन्त्रालयमा जाने भन्नेबारे लेखकले खुलाएनन् ।

पौडेल निकट मानिने अर्का नेता महेश आचार्यले मन्त्रिपरिषदमा को–को जाने भन्नेबारे पार्टीभित्र सरसल्लाह भइनसकेको बताए। आन्तरिक परामर्श र छलफलबाटै नामावली टुंगो लाग्नेमा उनले विश्वास व्यक्त गरे । अर्का एक नेताले मन्त्री हुन पार्टीभित्र डेढ सय नेता आकांक्षी रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web