नेपाल तरुण दलको प्रथम अधिबेसनमा राना

भदौ ५, २०७३ मा प्रकाशित | 928 views

<p>पप्पु गुरुङ्, ४ भदौ, दोधारा चाँदनी । नेपाल तरुण दल नगर कार्य समिति दोधारा चाँदनीको प्रथम नगर अधिबेसनमा राना सर्वसम्मतीबाट मनोनय भएका छन् । आज नेपाली काग्रेंसको भातृ संगठन नेपाल तरुण दल दोधारा चाँदनी नगर कार्य समितिमा डम्मर राना सर्वसम्मतबिाट निर्विरोध चयन भएका हुन् । नगर समिति गठनको प्रकृया अनुसार दोधारा चाँदनी नगरपालिका दश वडामा नेपाल तरुण दलको वडा कार्य समिति गठन कार्य सकिएपछि आज नगर अधिबेसन गरिएको हो । “नगर कार्य समिति गठनको लागी दोधारा चाँदनीका सबै वडामा भेला गरेर वडा कार्य समिति गठन गरेका छौं” नेपाली काग्रेंसका एक कार्यकर्ता डम्मर बहादुर गुरुङ्गले भने । नेपाल तरुण दल जिल्ला कार्य समिति सदस्य राजेन्द्र मल्लको सभापतित्वमा संचालित अधिबेसनको प्रमुख अतिथी नेपाल तरुण दल केन्द्रिय सदस्य तथा महाधिबेसन प्रतिनिधी कृष्ण पनेरु, बिशिष्ट अतिथीमा तत्कालिन दोधारा गाबिस कार्यालय अध्यक्ष तथा महाधिबेसन प्रतिनिधी बेल बहादुर राना, नेपाली काग्रेंस पुर्व नगर अध्यक्ष शंकर जोशी अतिथीमा क्षेत्रिय सदस्य महेश चन्द, जिल्ला सदस्य कलक सिंह, महाधिबेसन प्रतिनिधी निलम लेखक जोशी, नेपाल तरुण दल जिल्ला अध्यक्ष शंकर उपाध्याय् लगाएत जिल्लाका २ दर्जन नेताहरुको सहभागिता रहेको थियो । आगामी बैठकमा सख्या पुरा गरि अधिबेसनले ८ सदस्यीय् नेपाल तरुण दल दोधारा चाँदनी नगर कार्य समिति छनौट गरेको छ् । अधिबेसनले उपाध्यक्षमा राज सिंह पुजारा, सचिवमा केशव राज अवस्थी, स–सचिवमा टेक बहादुर रावल, काषाधयक्षमा बिक्की थापा, यस्तै समाबेसी सदस्य तर्फ, राम चन्द्र थापा, महिला प्रतिनिधी सदस्य तर्फ जानकी चन्द, दलित प्रतिनिधी तर्फ केशरी देबि सुनार रहेका छन् । साबिको दोधारा गाबिस कार्यालयमा सभा कक्षमा संचालित अबिधेसनका संचालन राजेश सुनारले गर्नु भएको थियो । अबिधेसनमा सबै बक्ताहरुले युवाहरु देशका भबिष्य बताउदै पार्टी पङ्तीहरुले “युज एण्ड थ्रो” नगर्न समेत चेतावनी दिएका थिए ।&nbsp; &nbsp;<br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web