४ भदौ, एजेन्सी ।
ब्राजिलमा जारी रियो ओलम्पिकमा फेरी नँया कीर्तिमान कायम भएको छ ।

जमाईकाका विश्व विजयी धावकले गए राती शुक्रबार भएको ४ गुना सय मिटर्स रिलेमा फेरी स्वर्ण पदक प्राप्त गर्दै यसै ओलम्किमा स्वर्ण संख्या तिन पुर्याएका छन् ।

बोल्टले यस अघि १ सय र २ सय मिटर्स दौडमा पनि स्वर्ण पदक प्राप्त गरेका थिए ।

२९ वर्षिय बोल्टले सन् २००८ को बेईजिङ्ग ओलम्पिक र सन् २०१२ को लण्डन ओलम्पिकमा पनि तिन तिन ओटै स्वर्ण पदक प्राप्त गरेका थिए ।

रियोमा महिला फुटबलको उपाधि जर्मनीले प्राप्त गरेको छ ।

गए राती 'शुक्रबार राती' सम्पन्न फाईनलमा जर्मनीले स्वेडनलाई २/१ गोल अन्तरले पराजित गर्दै महिला फुटबलमा पहिलो पटक ओलम्पिक स्वर्ण प्राप्त गर्न सफल भएको थियो ।

रियोमा भारतले दोस्रो पदक प्राप्त गरेको छ ।

शुक्रबार राती भएको महिला ब्याड्मिन्टन फाईनलमा भारतकी शिन्धु पुशरल्लाले रजत पदक प्राप्त गरेकी थिईन् ।

शिन्धु फाईनलमा ईस्पेनकी विश्व नम्बर एक खेलाडी क्यारोलिन मारिन संग पराजित भएकी थिईन् ।

शनिबार बिहानको खेल सम्पन्न हुँदा सम्म अमेरिका ३८ स्वर्ण, ३५ रजत र ३२ काँस्य पदकका साथ शिर्ष स्थानमा कायमै रहेको छ ।

यसैगरि बेलायत २४ स्वर्ण, २२ रजत र १४ काँस्य पदकका साथ दोस्रो स्थानमा रहेको छ भने चिन २२ स्वर्ण, १८ रजत र २५ काँस्य पदकका साथ तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरि जर्मनी १४ स्वर्ण, ८ रजत र १३ काँस्य पदकका साथ चौथो स्थानमा रहेको छ भने रुष १३ स्वर्ण, १६ रजत र १९ काँस्य पदकका साथ चौथोबाट पाँचौ स्थानमा रहेको छ ।

19.12¡ÆC