रामचन्द्र पौडेल भन्छन्-‘मन्त्री छान्न देउवाले छलफल नै गरेका छैनन्’

भदौ ४, २०७३ मा प्रकाशित | 904 views

४ भदौ, काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताउनुभयो ।

एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसका जिल्ला सभापतिको भोलिदेखि काठमाडौँमा हुने भेलाले स्थानीय निकायको पुनःसंरचनाको खाका तयार गर्न सुझाव दिने र पार्टीले सोही सुझावका आधारमा धारणा तयार गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web