शक्तिको प्रलोभनका माओवादी काँग्रेस सरकार र गठबन्धन ः एमाले

भदौ ३, २०७३ मा प्रकाशित | 810 views

३ भदौ, काठमाडौं ।
नेकपा 'एमाले' स्थायी कमिटीको आजको बैठकमा केही नेताले विभिन्न शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन बनेको बताउनुभएको छ ।

आइतबारदेखि जारी एमाले बैठकमा आज पनि आफ्नो नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक समीकरणमा परिवर्तन र नयाँ समीकरण निर्माण, पार्टीको आन्तरिक क्रियाकलाप र आगामी कार्यभार लगायतका विषयमा समीक्षात्मक धारणा राख्ने क्रम जारी
रह्यो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसेको बैठकमा एमालेले दीर्घकालसम्म गठबन्धन कायम राख्न चाहे पनि शक्ति केन्द्रको प्रलोभनका कारण नेकपा ९माओवादी केन्द्र० लाई नयाँ ठाउँमा पुरयाएकाले समीकरण बदलिएको पार्टीका सचिव योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

सामान्य कमि कमजोरीलाई पार्टीले आगामी दिनका लागि शिक्षाका रुपमा ग्रहण गर्दै पार्टीलाई वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक क्षेत्रबाट एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने अभियानमा पार्टीलाई परिचालन गर्नुपर्ने  बैठकले जोड दिएको छ ।

स्थायी समितिको बैठक यही अइतबार पुन बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web