सुनको भाउ १२ हजार ६०० रुपैयाँले घट्यो

कार्तिक २८, २०८३ मा प्रकाशित | 22 views

सुनको भाउ १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौँ । सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १२ हजार ६०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो ।

सुनको भाउ आज तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि गएको सोमवार सुन तोलाको २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

हिजो, अस्ति र गएको मंगलबार तीन दिन सुनको कारोबार भएन । त्यस्तै आज चाँदीको भाउ १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कारोबार भईरहेको छ ।

यसअघि सोमवार चाँदी तोलाको ३ हजार ८५५ रुपैयाँमा करोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web