
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले चाडपर्वको समयमा आकस्मिक दुर्घटनाका घाइते, प्रसूति सेवा तथा नियमित डायलासिस गराइरहेका बिरामीका लागि रगतको अभाव नरहेको बताएको छ ।
केन्द्रका प्रतिनिधि सञ्जीव यादवले चाडपर्वको समयमा रगतको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर यसअघि नै रक्तदान शिविर सञ्चालन गरी रगत सङ्कलन गरिएको बताउनुभयो ।
तर नेगेटिभ समूहको रगतको माग आएमा व्यवस्थापनमा कठिनाइ हुने यादवले उल्लेख गर्नुभयाे । केन्द्रले नेगेटिभ समूहको रगत सङ्कलन गरेर नराख्ने भएका कारण तत्काल उपलब्ध गराउन सकस पर्ने उहाँको भनाइ छ ।
यादवका अनुसार दशैँका समयमा नियमित स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भए पनि आकस्मिक उपचारका लागि आवश्यक पर्ने रगतको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
अहिले रगतकाे अभाव नरहे पनि रक्तदान अभियानलाई निरन्तरता दिइएकाे रक्त सञ्चार केन्द्रले जनाएकाे छ ।
16.27¡ÆC