दशैँको विदासँगै काठमाण्डौ उपत्यकामा चहलपहल घट्दै

कार्तिक १, २०८३ मा प्रकाशित | 1 views

दशैँको विदासँगै काठमाण्डौ उपत्यकामा चहलपहल घट्दै

काठमाडौँ । काठमाण्डौ उपत्यकामा चहलपहल विस्तारै घट्न थालेको छ ।

दशैँ मनाउन आफ्नो गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै उपत्यकाका सडक, बजार र व्यापारिक क्षेत्रमा विगतका दिनको तुलनामा चहलपहल कम हुन थालेको छ ।

दशैँको बिदा शुरु भएसँगै रोजगारी, अध्ययन तथा विभिन्न कामका लागि बसोबास गर्दै आएका मानिसहरू आफ्नो जन्मथलो फर्किरहेका छन् । सार्वजनिक गाडीमा घर फर्किने यात्रुको चाप बढेको छ भने बसपार्क र टिकट काउन्टरहरूमा पनि यात्रुको आवागमन देखिएको छ ।

दशैँको किनमेलका कारण केही दिनअघिसम्म व्यस्त देखिने असन, इन्द्रचोक, न्युरोडलगायतका प्रमुख व्यापारिक क्षेत्रमा समेत विस्तारै चहलपहल कम हुँदै गएको छ ।

यद्यपि, टीकाको तयारी र अन्तिम समयको किनमेलका लागि बजारमा केही उपभोक्ताको उपस्थिति भने कायमै छ । दशैँमा परिवार र आफन्तसँग भेटघाट गर्दै पर्व मनाउने परम्पराका कारण काठमाण्डौ छाडेर बाहिरिनेको सङ्ख्या बढेको हो ।

फूलपातीसँगै दशैँको रौनक गाउँघरमा बढ्दै जाँदा अबका केही दिन काठमाण्डौ उपत्यकाका सडक र बजारमा चहलपहल अझ कम हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web