राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

भदौ २२, २०८३ मा प्रकाशित | 1 views

राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित तथा पीडितहरूसँग भेटघाट गरी उनीहरूका गुनासो सुन्नुभएको छ।

राष्ट्रपति पौडेलले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरुले रसुवा बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभएको थियो । साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो ।

सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरू रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो । त्यहाँ बाढीबाट प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए । साथै, खोज, उद्धार र राहत एवम् पुनर्स्थापनाका लागि सरकार र सहयोगदाता सरोकारवालाले अझ तदारुकता देखाउनुपर्ने बताउनुभएको थियो ।

राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web