रियो ओलम्पिक:ब्राजिल-होन्डुरस, जर्मनी-नाइजेरिया भिड्दै

भदौ १, २०७३ मा प्रकाशित | 1041 views

<p><span style="line-height: 1.42857143;">एजेन्सी,भदौं १ । ब्राजिलमा जारी रियो ओलम्पिकको पुरुष फुटबल खेलको सेमिफाइनल भिडन्त आजबाट सुरू हुँदैछ। पहिलो खेलमा आयोजक ब्राजिलले होन्डुरसको सामना गर्दैछ। खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरू हुनेछ। विश्वकप फुटबल ट्रफी पाँच पटक उचालेको ब्राजिलले ओलम्पिक फुटबलमा भने अहिलेसम्म एक स्वर्ण पनि हात पार्न सकेको छैन। यद्दपी आयोजक ब्राजिको खातामा समान ३ रजत र काँस्य पदक भने छ।&nbsp;</span><br></p><p>त्यस्तै अर्को सेमिफाइनमा जर्मनीले नाइजेरियाको सामना गर्नेछ। खेल बिहिबार बिहान १२:४५ बजे सुरू हुनेछ। ओलम्पिक पुरूष फुटबल इतिहासमा जर्मनी र नाइजेरियाको खातामा १-१ स्वर्ण छ। पुरूष फुटबलतर्फ १९७६ को मोन्ट्रेल ओलम्पिकमा तत्कालिन पूर्व जर्मनीले स्वर्ण जितेको थियो भने अफ्रिकी मुलुक नाइजेरियाले १९९६ को एटलान्टा ओलम्पिकमा स्वर्ण हात पारेको थियो। क्वाटरफाइनलमा ब्राजिलले कोलम्बियालाई र जर्मनीले पोर्चुगललाई पाखाँ लगाउँदै सेमिफाइनल पुगेको हो। फाइनल खेल भने अगष्ट २१ मा हुनेछ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web