
नुवाकोट । रुख काट्ने क्रममा आज नुवाकोटमा एक जनाको मृत्यु भएको छ । घाइते भएका दुई जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विक्रम लामाको अनुसार बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख ढाल्ने क्रममा सोही रुखले लागेर प्रेम तामाङको मृत्यु भएको हो । सोही स्थानका ३५ वर्षीय तामाङको आफैले ढालेको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।
प्रहरीको अनुसार रुखले लागेर घाइते भएका रुखधनी ३७ वर्षीय अरुण तामाङ र छिमेकी ३३ वर्षीय माधव भुजेलको अहिले त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको छ ।
18.12¡ÆC