काठमाडौं,साउन ३० । प्रधानमन्त्री र मन्त्री हुँदा पनि दौरासुरुवाल टोपी नलगाउने माओवादी परम्परालाई नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका राम कार्कीले तोडेका छन् । आइतबार सूचना तथा सञ्चार मन्त्री नियुक्त भएका कार्कीसहित माओवादी केन्द्रका ५ मन्त्रीले राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट दौरा सुरूवाल र ढाका टोपीमा सपथ ग्रहण गरेका छन्।

अन्य माओवादी मन्त्रीले सर्ट पाइन्ट र कोट लगाएर सपथ ग्रहणमा उपस्थित भएका थिए भने कार्की दौरा सुरूवालमाथि ढाकाकै स्टकोट र ढाकाकै टोपीमा सपथ लिएका छन्। उनी दुई-दुईजनाको बीचमा बसेर सपथ लिँदा अरुभन्दा भिन्नै देखिएका थिए ।

पहिलोपटक ०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुँदासमेत हिसाब गर्दा योसहित माओवादी पार्टी छैटौंपटक सरकारमा पुगेको छ । यसबीचमा माओवादीका दुई नेताले तीनपटक प्रधानमन्त्री बन्नेसम्मको अवसर पाएका छन् । माओवादी केन्द्रबाट अहिलेसम्म प्रधानमन्त्रीसहित मन्त्रीपरिषदमा ८ जना मन्त्रीहरू छन्। ती मध्ये कसैले पनि दौरा सुरूवाल लगाएर सपथ ग्रहण गरेका छैनन्।

23.12¡ÆC