
नुवाकोट । तारकेश्वर गाउँपालिकास्तरीय सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा स्थापित भएको ‘गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता’को गाउँपालिका तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले उद्घाटन गर्नुभयो ।
तारकेश्वर गाउँपािलका वडा नं १ को दाङसिङ जब्बरेचौरमा गाउँपालिकाद्वारा निर्मित दुबोसहितको आधुनिक खेलकुद रङ्गशालामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले रङ्गशाला निर्माण गरी ुधुलोमा नभई दुबोमा खेलाउनेु आफ्नो संकल्प पुरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
अध्यक्ष अधिकारीले रङ्गशालाका अतिरिक्त गाउँपालिकाको प्रशासकीय भवन अनेक अप्ठ्याराका बावजुद निर्माणको अन्तिम चरणमा पुगेको, १० सैयाको अस्पताल आफैंले शिलान्यास गरी द्रुत गतिमा निर्माण कार्य अघि बढिरहेको र दाङसिङ वासीको वर्षौं अघिदेखिको चाहना अनुरूप दाङसिङ माविमा १०ं२ को कक्षा सञ्चालन गर्न सफल भएको स्मरण गर्दै आफूले लिएका संकल्प र प्रतिबद्धताहरूमा सम्पूर्ण लगाव र दृढताका साथ काम गरिरहेको बताउनुभयो ।
सबैलाई जोड्ने र सबैलाई चिनाउने सबैभन्दा उत्तम र शक्तिशाली माध्यम नै खेलकुद भएको बताउँदै अध्यक्ष अधिकारीले विशेषगरी युवावर्गको एकता, जागरण र सशक्तीकरणका लागि खेलकुदको विकास सदैव आफ्नो प्राथमिकतामा रहिआएको उल्लेख गर्नुभयो ।
समृद्ध तारकेश्वरको अभियानमा आफू पूर्ण रुपमा प्रतिबद्ध रहेको भन्दै उहाँले सकारात्मक सोचका साथ सबै मिलेर विकासको अभियानमा हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
26.12¡ÆC