काठमाण्डौ उपत्यकामा भोलि र पर्सि बिजुली आपूर्ति प्रभावित हुन सक्ने

अशोज २३, २०८३ मा प्रकाशित | 15 views

काठमाण्डौ उपत्यकामा भोलि र पर्सि बिजुली आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ । काठमाण्डौ उपत्यकामा भोलि शनिवार र पर्सि आइतवार बिजुली आपूर्ति प्रभावित हुन सक्ने भएको छ ।

मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन गर्ने काम भइरहेकोले दुई दिन बिजुली आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

काठमाण्डौ उपत्यकाको बिजुली आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ । यसअन्तर्गत पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएको हो ।

नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाका अनुसार दुई दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ ।

प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेशनबाट बिजुली आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web