
नुवाकोट । विदुर नगरपालिका मार्फत सञ्चालन गरिएको विद्यार्थी दुर्घटना बीमा कार्यक्रम अन्तर्गत नगरप्रमुख राजन श्रेष्ठले सम्बन्धित विद्यालयका व्यवस्थापन समिति तथा शिक्षकहरूलाई बीमा कम्पनीबाट प्राप्त बीमा दाबीको भुक्तानी रकम वितरण गर्नुभएको छ।
नगरपालिकाले विद्यार्थीहरूको सुरक्षा, सामाजिक संरक्षण र अभिभावकको आर्थिक बोझ न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार विदुर नगरपालिकाभित्रका ५४ वटा विद्यालयका ८ हजार ३३१ जना विद्यार्थी उक्त दुर्घटना बीमा कार्यक्रममा समेटिएका छन्। हालसम्म ९ जना बिमित विद्यार्थीले बीमा दाबी भुक्तानी प्राप्त गरिसकेका छन्।
भुक्तानी हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सधैं सुरक्षित रहून् भन्ने हाम्रो मुख्य उद्देश्य हो। दुर्घटना जुनसुकै बेला हुन सक्छ, त्यस्तो अवस्थामा विद्यार्थी र परिवारले आर्थिक चिन्ता गर्न नपरोस् भनेर नगरपालिकाले यो बीमा कार्यक्रम अघि बढाएको हो।”
उहाँले विद्यार्थी केन्द्रित कार्यक्रमहरू नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै भन्नुभयो, “शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन, विद्यार्थीको सुरक्षा, स्वास्थ्य र मनोबलसमेत बलियो बनाउनु आवश्यक छ। विद्यार्थी दुर्घटना बीमाले अभिभावकलाई ढुक्क बनाएको छ र यसले विद्यालयप्रतिको विश्वास पनि बढाएको छ।”
नगरप्रमुख श्रेष्ठले आगामी दिनमा बीमा कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र पहुँचयोग्य बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सबै विद्यालयलाई बीमा दाबी प्रक्रिया समयमै पूरा गर्न र नगरपालिकासँग समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो।
भुक्तानी विवरण :

20.87¡ÆC