सुनको भाउ आज तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँ पुग्यो

मंसिर १४, २०८२ मा प्रकाशित | 128 views


काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाउ बढेसँगै तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५० हजार छ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय ४५ रुपैयाँ बढेको छ । चाँदी आज एक सय ४५ रुपैयाँले बढेर तोलाको तीन हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार तीन सय ४५ रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web