काठमाण्डौ महानगरभित्र फोहोर बाल्न प्रतिबन्ध, अटेर गरे १० हजार रुपैयाँसम्म जरिवाना

कार्तिक २३, २०८२ मा प्रकाशित
Published at कार्तिक २३, २०८२

36 views

काठमाडौँ । काठमाण्डाै महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिक, प्लास्टिकजन्य वस्तुलगायतका फोहर बाल्न रोक लगाएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न नपाउने भन्दै बालेको पाइएमा १० हजार रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ ।

चिसो बढेसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको पनि विभागले जनाएको छ । जाडो महिनामा काठमाण्डौ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ ।

प्रदूषण बढ्नमा खुला रूपमा बालिने वस्तुको महत्त्वपूर्ण हिस्सा छ । विभागकी प्रमुख सरिता राईका अनुसार जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यो निर्णय गरिएको हो ।

वायु प्रदूषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घरोगको सामना गरिरहेका व्यक्तिहरूलाई बढी असर गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.