मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

कार्तिक २३, २०८२ मा प्रकाशित | 341 views


काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएको छ । मधेश प्रदेशप्रमुखको कार्यालयले निकालेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सोनलले मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा प्रदेशप्रमुखले स्वीकृत गर्नुभएको उल्लेख छ ।

प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख छ ।

मुख्यमन्त्री सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको हो । सोनलले हिजो मधेश प्रदेशसभामा विश्वासको मत लिने तयारी थियो । तर उहाँलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका केही सांसद विपक्षमा रहेपछि विश्वासको मत नपाउने सुनिश्चित भएसँगै सोनलले प्रकृया नै शुरु नहुँदै राजीनामा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web