काठमाडौं,साउन २६ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार दुई सय ७५ रुपैयाँ खर्च गरेका छन् । ४१ जना मन्त्रीले नौ महिनाको अवधिमा जिल्ला भ्रमण गर्दा रकम खर्च गरेका हुन् । मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्रमणमा सबैभन्दा बढी निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले खर्च गरेका छन् । उनले १५ लाख ४८ हजार दुई सय ७० खर्च गरेको प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी चिरञ्जीवी पौडेलले बताए । सबैभन्दा कम स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले गरेका छन् । उनले ४५ हजार पाँच सय ५० मात्र खर्च गरेका छन् । मन्त्रीले जिल्ला भ्रमण जाँदा दैनिक तीन हजार रुपैयाँ भ्रमण भत्ता पाउँछन् । हवाईजहाजबाट यात्रा गरेको भए आवत–जावत टिकट खर्च पाउने व्यवस्था छ । मन्त्रीको टिममा रहेका व्यक्तिले पदअनुसार भ्रमण भत्ता पाउने कानुनी व्यवस्था आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

के छ सरकारी व्यवस्था ?

मन्त्रीहरूको भ्रमण कार्यविधिमा भ्रमण टोली सानो हुनुपर्ने व्यवस्था छ । भ्रमण दलमा एक सुरक्षाकर्मी, स्वकीय सचिवालय र मन्त्रालयका तर्फबाट एक–एक गरी बढीमा तीनजनासम्मका लागि सरकारले खर्च व्यहोर्छ । जिल्ला भ्रमण गर्नुपूर्व प्रधानमन्त्रीबाट स्वीकृति लिने र भ्रमण मितव्ययी हुनुपर्ने व्यवस्था छ । एक जिल्लामा दुई दिनभन्दा बढी नबस्ने, उपलब्ध भएसम्म सरकारी गेस्टहाउसमा बस्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

भ्रमणबाट फर्केपछि प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्नुपर्ने हुन्छ । प्रतिवेदन संलग्न गरेपछि मात्र भ्रमण बिल भुक्तानी हुनेछ । आवश्यक नपरी एउटै जिल्लामा महिनामा दुईपटकभन्दा बढी भ्रमण गरे त्यहाँ भएको खर्चको बिल भुक्तानी नहुने व्यवस्था छ ।

23.12¡ÆC