बागलुङ–रुकुमपूर्वलाई धक्का दिदै गयो भूकम्प

अशोज १, २०८२ मा प्रकाशित | 149 views

काठमाडौ । रुकुम पूर्वको पातीहाल्ने भञ्ज्याङ आसपास बागलुङ–रुकुमपूर्व सीमाक्षेत्रमा सोमबार साँझ ८ बजेर २५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), भूगर्भ विभागका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

केन्द्रका अनुसार पछिल्लो समय मुलुकका विभिन्न भागमा साना–ठूला भूकम्पीय गतिविधि भइरहेका छन्। विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web