दशैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

अशोज १, २०८२ मा प्रकाशित | 166 views


काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

यस वर्षको बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको समितिले निकालेको सूचनामा उल्लेख छ । विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।

असोज ६ गते घटस्थापना गर्न बिहान ९ बजेर १३ मिनेटमा साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web