गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा

भदौ २४, २०८२ मा प्रकाशित | 131 views


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको थियो ।

हिजो भएको जेन जी को प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री लेखकले राजीनामा दिनुभएको हो । यो प्रदर्शनमा अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।

हिजो नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । यो बैठकमा सहभागी भएर गृहमन्त्री मन्त्रिपरिषद् बैठकमा पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web