शिक्षक आन्दोलनमा भएको सहमति कार्यान्वयन गर्न नेपाल शिक्षक महासंघको ध्यानाकर्षण

भदौ १३, २०८२ मा प्रकाशित | 586 views


नुवाकोट । नेपाल शिक्षक महासंघले विगतका वर्षमा गरिएको तीन ठूला आन्दोलनहरूमा नेपाल सरकारसँग भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै बिरोधको केन्द्रीय कार्यक्रम अन्तरगत नुवाकोटमा पनि यहाँको स्थानीय तहको ध्यानाकर्षण गराएको छ। 

यसक्रममा शिक्षकहरुले विदुर नगरपालिकामा उपप्रमुख प्रभा बोगटी र प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।

महासंघले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा विगतका २०७५, २०७८ र २०८० सालमा गरिएका आन्दोलनका क्रममा सरकारले गरेको ३० बुँदे, ५१ बुँदे र ६ बुँदे सहमतिहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको उल्लेख गरेको छ।

२०७५ सालको आन्दोलनपछि भएको सहमति अनुसार विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री नीति लागु गरिनुपर्नेमा अहिलेसम्म पनि कार्यान्वयन नहुँदा फेरि आन्दोलनमा जानु परेको महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

२०८१ चैत २० गतेदेखि २९ दिनसम्म देशभर सञ्चालन भएको शैक्षिक सडक आन्दोलनले शिक्षामा देखिएको समस्या गम्भीर भएको सन्देश दिएको र त्यसकै परिणामस्वरूप २०८२ बैशाखमा नेपाल सरकार र महासंघबीच भएको सहमति र त्यसैको आधारमा मन्त्रिपरिषद्ले गरेको ९ बुदाँ निर्णयको कार्यान्वयनको लागी स्मरण गराउँदै महासंघले अहिलेको सम्म पनि ती सहमतिहरूको कार्यान्वयन नभएको भन्दै देशैभरबाट आज ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।

महासंघका अनुसार, पछिल्लो सहमतिलाई कार्यान्वयन गर्न २०८२ असार १५ गतेसम्मको समयसीमा तोकिएको थियो, तर अझैसम्म त्यसतर्फ ठोस पहल नभएको भन्दै चासो व्यक्त गरिएको छ ।

महासंघले प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्य तथा अर्थमन्त्रीसहित संघीय सांसदहरूलाई समेत पत्राचार गरी ध्यानाकर्षण गराइसकेको जनाएको छ।

शिक्षक महासंघले यसै आधारमा स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाउदै माग पूरा गर्न एंव गराउनको लागी पहलको माग गरेको छ ।
शिक्षा बिधेयक अहिले संसद्मा बिचाराधीन रहेकाले स्थानीय सरकारले भने मागहरु प्रति आफूहरु सकारात्मक रहेको र थप जवाफ अहिले दिन नमिल्ने जनाएको छ ।

नेपाल शिक्षक महासंघले स्थानीय तहका प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रको यस्तो छ :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web