रियो ओलम्पिक : अहिलेसम्म कुन-कुन देशले जिते पदक ?

साउन २३, २०७३ मा प्रकाशित | 1389 views

रियो द जेनेरियो,साउन २३ ।  ब्राजिलमा शनिबार बिहानदेखि औपचारिक रुपमा सुरु भएको रियो ओलम्पिक २०१६ अहिलेसम्म ८ राष्ट्रले स्वर्ण पदक जितेका छन्। पहिलो दिन दक्षिण कोरिया, अमेरिका, अर्जेन्टिना, बेल्जियम र हंगेरी, रुस र भिएतनामले स्वर्ण पदक जितेका छन् । अमेरिका र दक्षिण कोरियाले एक स्वर्ण र एक रजत पदक जितेका छन् । अर्जेन्टिना, बेल्जियम, हंगेरी, रुस र भिएतनामले एक एक स्वर्ण पदक जितेका छन् । अहिलेसम्म एक रजत र तीन कास्य गरी चार पदक जितेको चीनले स्वर्ण भने जित्न सकेको छैन ।

रियो ओलम्पिक २०१६ को पहिलो स्वर्ण पदक अमेरिकाकी गिन्नी थ्रेशरले जितेकी हुन् । उनले महिला तर्फको १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन् । १९ वर्षकी थ्रेशरले चीनकी सन् २००६ की विश्व च्याम्पियन डु लीलाई पछि पारेर २०८ स्कोर गर्दै स्वर्ण जितेकी हुन् । यस्तै भिएतनामले इतिहासमै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ । भिएतनामका विन्ह सुआन होआंगले पुरुष तर्फको १० मिटर एयर पेस्तोलमा स्वर्ण जितेका हुन्।

यस्तै भिएतनामले इतिहासमै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ । भिएतनामका विन्ह सुआन होआंगले पुरुष तर्फको १० मिटर एयर पेस्तोलमा स्वर्ण जितेका हुन् । यस्तै डोपिङका कारण विवादमा परेको रुसले जुडोबाट रियो ओलम्पिकमा पहिलो स्वर्ण जित्यो । ६० किलोमुनिको तौल समूहमा रुसका बेसलान मुड्रनोभले स्वर्ण पदक जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web