२७ जिल्लामा बाढीको मध्यम जोखिम, आज राति बागमतीमा ठूलो वर्षाको सम्भावना

साउन १६, २०८२ मा प्रकाशित | 239 views


काठमाडौँ । आज २७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बझाङ, अछाम, सुर्खेत, दैलेख, जाजरकोटमा बाढीको मध्यम जोखिम रहेको छ । त्यस्तै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, रसुवा, चितवन, मकवापुर, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, लमजुङ, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, दार्चुला, बैतडी, डडेलधुरामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका तथा आसपासका जिल्लाहरू भई बहने नदी तथा खोलामा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै आज राति बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै ठाउँहरूमा तथा तराई भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै ठाउँहरूमा तथा बाँकी तराई भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web