कांग्रेसभित्र असन्तुष्टि बढ्दै : बिच्किए पौडेलदेखि खड्का र शेखर पनि

साउन २३, २०७३ मा प्रकाशित | 1012 views

काठमाडौं,साउन २३ । नेता खुमबहादुर खड्काले १३ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई नजिकबाट सहयोग गरे । देउवा जित्दा उपसभापति दिने सहमतिमा सहयोग गरेको खड्का पक्षले बताउँदै आएको छ । तर, देउवा निर्वाचित भएको चार महिना वितिसक्दा पनि उपसभापतिमा मनोनीत नगरेको भन्दै खड्का असन्तुष्ट भएका छन् । नेता व्यवस्थापनका लागि देउवाले भातृ संस्थाको अधिवेशनपछि दसैंतिर मात्र पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी गरेको भन्दै खड्का पक्ष थप असन्तुष्ट भनेको छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ  ।

पौडेल सुरुदेखि नै असन्तुष्ट

सभापति र संसदीय दलको नेतामा देउवासँग पराजित नेता रामचन्द्र पौडेल संस्थापनसँग सुरुदेखि नै असन्तुष्ट छन् । दुई महिनामा गर्नुपर्ने पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, केन्द्रीय कार्यसम्पादन समिति र विभाग गठन नगरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

शेखर पनि बिच्किए

गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मले पार्टी नेतृत्व गर्दा देउवा सधैं विपक्षमा रहे । तर, फरक समूहका भएपनि डा. शेखर काइरालासँग १३ ओं महाधिवेशनदेखि देउवाको सम्बन्ध सुमधुर बन्दै गएको थियो । उनले शेखरलाई प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउने वचन पनि दिएका थिए । तर अन्तिममा अरु मन्त्रालय रोज्न भनेपछि शेखर पनि बिच्किएका छन् ।

गुट फेरेका केसी पनि असन्तुष्ट

महाधिवेशनका बेला संस्थापनबाट देउवा पक्षमा सरेर महामन्त्रीका उम्मेदवार बनी पराजित अर्जुननरसिंह केही सरकारमा जाने विषयमा सभापतिसँग असन्तुष्ट भएका छन् । आफूले राजेजस्तो मन्त्रालय नपाएको भन्दै उनी सरकारमा जान मानेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web