तारकेश्वरमा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सम्पन्न, लोकप्रिय र प्रभावकारी बन्दै

साउन ८, २०८२ मा प्रकाशित | 217 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । गाउँपालिकाको पञ्जीकरण शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा वृद्धभत्ता वितरणसँगै ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो ।

अध्यक्ष शिब अधिकारी (अविरल) ले आफ्नो कार्यकाल सुरु भएदेखि नै प्रत्येक ३/३ महिनामा वडा–वडामा पुगेर आमाबुबाहरूको सेवा गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेका हुन् । यस कार्यक्रमले समयमै भत्ता वितरण, स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराउने व्यवस्था मिलाउँदा ज्येष्ठ नागरिकहरूले झन्झट बेहोरिरहनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

साउन १ गते वडा नं ५ बाट सुरु गरिएको गत आर्थिक वर्षको अन्तिम त्रैमासको कार्यक्रम क्रमशः वडा नं ६, १, २, ३ हुँदै वडा नं ४ मा सम्पन्न भएको हो । अध्यक्ष अधिकारीले कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य शाखालाई समयमै पूर्वतयारी गर्न र जनगुनासो रहन नदिन निर्देशन पनि दिएका थिए ।

स्थानीयवासी ज्येष्ठ नागरिकहरूले कार्यक्रमलाई स्वागत गर्दै गाउँपालिका अध्यक्षको प्रयासप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web