तादी खोलामा पौडी खेल्ने क्रममा १८ वर्षीय युवा बेपत्ता

साउन २, २०८२ मा प्रकाशित | 267 views


नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित गौडापुल नजिकै तादी खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्।

बेपत्ता भएका व्यक्ति काठमाण्डौको टोखा नगरपालिका–३ निवासी १८ वर्षीय उत्सव श्रेष्ठ हुन्। प्रहरीका अनुसार उनी साथीसँग दुप्चेश्वर मन्दिर घुम्न आएका थिए। घुमघामकै क्रममा अपराह्न करिब साढे ४ बजेको समयमा तादी खोलामा पौडी खेल्न हम्फालेका उनी बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाको अनुसार हराइरहेका ती युवाको खोजतलास कार्य जारी रहेको छ । “उनको अवस्था अझै पत्ता लागेको छैन, खोजी कार्यमा स्थानीयबासीको सहयोगमा प्रहरी टोली खटिएको छ,” उहाँले बताउनुभयो।

हालसम्म उद्धारमा खटिएको टोलीले खोजी कार्यलाई तीव्र बनाएको भएपनि अबस्था थाहा नभएको प्रहरीले जनाएको छ । स्थानीयवासी तथा सुरक्षा निकायले युवा हराएको क्षेत्रमा खोजतलास साँझसम्म नै जारी राखेका छन् ।

गर्मीयाममा नदी, खोलामा पौडी खेल्दा सावधानी अपनाउन प्रहरीले बारम्बार सचेत गराउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web